दुर्घटनाका घाइतेको नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाउदै सरकार

452
Shares

काठमाडौँ, २८ मंसिर । सरकारले सवारी दुर्घटनामा परी घाइते हुनेको उपचार पूर्ण रुपमा निशुल्क गर्ने तयारी गरेको छ ।

उपचार खर्च भने सवारी साधनका इन्धन (डिजेल/ पेट्रोल) खरीद गर्दा सवारी साधनवालाहरुले तिर्ने पैसाबाटै जोहो गर्न लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले आज बस्ने मन्त्रिपरिषदको बैठकबाट सो सम्वन्धी प्रस्ताव पेश गरी सैद्धान्तिक सहमति लिने प्रक्रियामा छ । मन्त्रालयका निमित्त सचिव डा पुष्पा चौधरीले दुर्घटनाका घाइतेहरुलाई निशुल्क उपचार व्यवस्था मिलाउने सम्वन्धी प्रस्तावलाई सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद बैठकमा लैजान लागेको बताइन ।

मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले दुर्घटनामा सामान्य देखि खर्चिलो उपचार समेत गर्नुपर्ने अवस्था आउने भन्दै त्यस्तो बेलामा आर्थिक पक्ष सबैभन्दा महत्वपूर्ण हुने भन्दै त्यसको लागि व्यवस्था गर्न यस्तो प्रस्ताव अघि सारिएको बताए ।

उनले ‘रोड ट्राफिक हस्पिटल कियर’ कार्यक्रम अन्तरगत यस्तो उपचारका लागि छुट्टै सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने र त्यसमा डिजेल पेट्रोल विक्री गर्दा प्रति लिटर एक पैसाको दरले जम्मा हुने गरी रकम व्यवस्था मिलाउन लागिएको बताए ।

उनले निश्चित ठाँउमा चिकित्सक सहितको मोवाइल रेस्क्यु टोली रहने र दुर्घटनाको थाह पाउनासाथ घटनास्थलमै गई सामान्य उपचार गर्ने र थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा सुरक्षीत ढंगले पठाउने व्यवस्थाको परिकल्पना गरिएको बताए ।

‘आज हामी यस सम्वन्धमा प्रस्ताव पेश गर्दैछौँ र सैदान्तिक सहमति खोज्दै छौँ । पास भयो भने प्रक्रिया तत्काल अघि बढछ,’ उनले भने ।

अहिलेसम्म दुर्घटनामा पर्नेहरुको उपचार सवारी धनीले तिर्ने व्यवस्था छ । तर त्यो सबै समय र सबै केशमा प्रभावकारी देखिएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *