भारदह अस्पतालले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी

फाईल तस्बिर

राजविराज, २४ असोज । जनतालाई उचित मूल्य र सुलभ तरिकामा औषधि दिलाउने उद्देश्यका साथ भारदह अस्पतालमा आजदेखि औषधालय सेवा शुरु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ स्थित भारदह अस्पतालमा अस्पतालबाट निःशुल्क पाइने औषधिबाहेक बाहिरबाट खरिद गर्नुपर्ने औषधि बाहिर नगई सुलभ दरमा अस्पतालभित्रै उपलब्ध गराइने अस्पतालका प्रमुख धर्मेन्द्र खड्गाले जानकारी दिए ।

अहिले सो औषधालयमा ४६ थरी औषधिमा शुल्क लाग्ने र ७१ थरी निःशुल्क पाइन्छ । अस्पतालमा प्रयोगशाला जाँच गराउँदा बिरामीलाई सुविधा हुने गरी सुलभ दरमा सेवा प्रदान गरिने उनले बताए ।

पन्ध्र श्यया रहेको अस्पतालमा भौतिक पूर्वाधारको अभाव छ । बहिरंग शुल्क भने रु १० मात्र लिने निर्णय भएको छ । अस्पताल सञ्चालन समितिका अध्यक्ष अनिरुद्ध मण्डलले सो सेवाको उद्घाटन गरेका थिए ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *