भारदह अस्पतालले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी

72
Shares
फाईल तस्बिर

राजविराज, २४ असोज । जनतालाई उचित मूल्य र सुलभ तरिकामा औषधि दिलाउने उद्देश्यका साथ भारदह अस्पतालमा आजदेखि औषधालय सेवा शुरु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ स्थित भारदह अस्पतालमा अस्पतालबाट निःशुल्क पाइने औषधिबाहेक बाहिरबाट खरिद गर्नुपर्ने औषधि बाहिर नगई सुलभ दरमा अस्पतालभित्रै उपलब्ध गराइने अस्पतालका प्रमुख धर्मेन्द्र खड्गाले जानकारी दिए ।

अहिले सो औषधालयमा ४६ थरी औषधिमा शुल्क लाग्ने र ७१ थरी निःशुल्क पाइन्छ । अस्पतालमा प्रयोगशाला जाँच गराउँदा बिरामीलाई सुविधा हुने गरी सुलभ दरमा सेवा प्रदान गरिने उनले बताए ।

पन्ध्र श्यया रहेको अस्पतालमा भौतिक पूर्वाधारको अभाव छ । बहिरंग शुल्क भने रु १० मात्र लिने निर्णय भएको छ । अस्पताल सञ्चालन समितिका अध्यक्ष अनिरुद्ध मण्डलले सो सेवाको उद्घाटन गरेका थिए ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *