चिकित्सकलाई क्षतिपूर्ति भराउने निर्णयको राष्ट्रिय चिकित्सक संघद्धारा विरोध

196
Shares

काठमाडौँ, ३ असोज । राष्ट्रिय चिकित्सक संघ(एनडीए)ले उपचारका क्रममा लापरबाही भई विरामीको ज्यान गए चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने गरी कानून बनाउन दिएको मन्त्रिपरिषदको निर्देशनको विरोध गरेको छ ।उसले मन्त्रिपरिषदको सो निर्देशन तत्काल फिर्ता लिन आग्रह गर्दै आफ्नो तर्फबाट खारेज गरेको घोषणा गरेको छ ।

हिजो बसेको मन्त्रीपरिषद बैठकले उपचारका क्रममा लापरबाही भई विरामीको ज्यान गए सम्वन्धीत चिकित्सकबाटै क्षतिपूर्ति भराउने कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

एनडीएका महासचिव डा रमेश ढकालद्धारा जारी विज्ञप्तीमा नेपाल सरकारको विद्यमान स्वास्थ्य सुरक्षा सम्वन्धि ऐन २०६६ र नियमावली २०६९को ठाडो अपव्याख्या हुनेगरि मन्त्रिपरिषदले निर्णय गरेको भन्दै यसले चिकित्सकलाई हतोत्साहित गर्ने मनोवल गिराउने जनाएको छ ।

उनले नेपाली चिकित्सक नेपाली जनताकै छोरा छोरी रहेको र स्वास्थ्य प्रति संवेदनशील भएको भन्दै सेवा भावमा शंका नगर्न समेत आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *