मौसमी रुघाखोकीबाट अर्को एकजनाको मृत्यु

88
Shares

पोखरा, ८ भदौ । मौसमी रुघाखोकीबाट पोखरामा अर्को एक नाबालकको मृत्यु भएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका नाबालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए।

उनलाई पोखराको ओम अस्पतालमा उपचारका लागि ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लगिएको थियो । एक महिनाअघि सो रोगबाट तीन जनाको मृत्यु भइसकेको छ ।

अगस्त महिनाको १५ दिनमै १९३ जनामा मौसमी रुघाखोकीको लक्षण देखापरेको बरालको भनाइ छ । मौसमी रुघाखोकीको परीक्षण गराउने पश्चिमाञ्चलको एक मात्र क्षेत्रीय स्वास्थ्य प्रयोगशालामा फेब्रुअरी महिनादेखि आजसम्म ३१५ जनाको परीक्षण गराउँदा २८२ जनामा पोजिटिभ देखिएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *