स्वास्थ्य मन्त्रालयद्धारा पाँच प्रमुखको जिम्मेबारी हेरफेर

512
Shares

काठमाडौँ, ६ साउन । स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतमा रहेको विभिन्न महाशाखाको प्रमुखहरुको जिम्मेबारी हेरफेर गरेको छ । मंगलबारको स्वास्थ्यमन्त्रीस्तरीय निर्णबाट पाँच प्रमुखहरुको जिम्मेबारी हेरफेर भएको हो ।

मंगलबारको निर्णय अनुसार आपूर्ति व्यावस्थापन महाशाखामा प्रमुख डा भीमसिंह तिंकरीलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा ल्याइएको छ ।

आपूर्ति व्यवस्थापन महाशाखामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा रमेश खरेललाई लगिएको छ । व्यवस्थापन महाशाखाका प्रमुख डा विकास देवकोटालाई मन्त्रालय तानिएको छ ।

उता प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाका निर्देशक मोहमद दाउदलाई कुष्टरोग महाशाखामा सरुवा गरिएको छ । उनको स्थानमा स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखामा रहेका भोगेन्द्र डोटेललाई पठाइएको छ ।

डोटेलको ठाँउमा केही साता अघि बीर अस्पतालबाट डा. श्रीकृष्ण गिरीलाई लगिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *