मास हिस्टेरिया निको पार्न विद्यालयमा झाँक्री !

144
Shares

धादिङ, ६ भदौ । सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ ।

केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आएको विद्यालयका प्रधानाध्यापक ढकबहादुर थापाले बताए ।

प्रधानाध्यापक थापाका अनुसार गत जेठ महिनामा समस्या देखिएपछि विद्यालय बन्द गरी अहिले पुनः सञ्चालन गर्दासमेत यस किसिमको समस्या दोहोरिएको र उपचार  गराउँदा पनि सम्भब नभएकाले एउटा गैरसरकारी संस्थाले मनोसामाजिक परामर्श पनि सञ्चालन गरेको थियो, त्यसपछि पनि विद्यार्थीमा यस किसिमको समस्या निरन्तर देखिएको थापाको भनाइ छ ।

विद्यार्थी कराउने, चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण बिस्तार बिस्तार अन्य विद्यार्थीमा पनि निरन्तर देखिएकाले गाउँपालिका स्वास्थ्य संयोजक विष्णु रिजालले मास हिस्टेरियाको रुपमा देखा परेको समस्या समाधान गर्नका लागि विद्यालय र घरको वातावरण राम्रो हुनुपर्ने बताए ।

यस किसिमको समस्या देखिएका विद्यार्थीलाई मनोसामाजिक परामर्श आवश्यक हुने उनको भनाइ छ । यो समस्या ‘कन्भर्सन डिसअर्डर’ हो । उनले भने ।

विद्यार्थीलाई यस्तो समस्याबाट छुटकारा दिन विद्यालयले झाँक्रीसमेत लगाएको र केही दिनपछि पुनःविद्यालयमा झाँक्री लगाइने प्रधानाध्यापक थापाको भनाइ छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *