प्रहरी अस्पतालमा १४ शय्याको ‘पोष्ट अपरेटिभ वार्ड’

0
Shares

काठमाडौँ, ५ भदौ । नेपाल प्रहरी अस्पतालले सेवा विस्तारका लागि १४ शय्याको ‘पोष्ट अपरेटिभ वार्ड’ स्थापना गरेको छ ।

स्थानीय पानीपोखरीस्थित अस्पतालको प्राङ्गणमा निर्मित उक्त वार्डको आज प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्दै क्षेत्रीय प्रहरी अस्पताललाई समेत सुविधासम्पन्न बनाउँदै लैजानुपर्ने बताए । अस्पतालले दिने सेवा दर्जा र हैसियतका आधारमा असमान नहुने उनको भनाइ थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेलले अस्पतालको वार्षिक विनियोजित रकमअन्तर्गत करिब रु एक करोड ३८ लाख लागतमा वार्ड निर्माण भएको जानकारी दिए । कार्यक्रममा अस्पतालमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *