‘इमरजेन्सी हेल्प टिम’द्धारा रौतहट र सुनसरीका बाढी पीडितको स्वास्थ्य परीक्षण

8
Shares

काठमाडौँ, ३ भदौँ  । बाढी प्रभावित क्षेत्रमा विशेषज्ञ सहितको आकस्मिक स्वास्थ्य सेवा तथा राहत उपलव्ध गराउने उद्धेश्य सहित गठन भएको ‘इमरजेन्सी हेल्पट टिम’ रौतहट र सुनसरीका बाढी पीडित माझ पुगेको छ ।

सो टीमले हिजो रौतहट र आज सुनसरीमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको संयोजक डा. तोशीमा कार्कीले बताइन ।

सरकारी चिकित्सक संघ (गोदान) र डाक्टर सोसाइटी अफ नेपाल (डीएसओएन) ले संयुक्त रुपमा गठित इमरजेन्सी मेडिकल टिमले हिजो रौतहटको डुमरिया गाँउपालिका वडा नं ९ मा आयोजित स्वास्थ्य शिविरमा ५१२ जना र सुनसरीको डुम बस्ती र गौरी गाँउमा ६७२ जनाको स्वास्थ्य परीक्षण गरेको गोदान अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए ।

टोलीमै रही सेवा दिइरहेका डीएसओएनका अध्यक्ष डा कालुसिंह खत्रीले स्वास्थ्य शिविरमा आएका अधिकांश विरामीहरुमा अल्पकालिन संक्रमण जस्तै झाडा पखला भाइरल ज्वरो आदि रहेको बताए ।

उनले सतर्कता अपनाउन नसके भविस्यमा महामारी फैलनसक्ने बताए । शिविरमा उपचारात्मक र अनुसन्धानत्मक सेवा दुवै उपलव्ध रहेको जानकारी दिदै डा बोम वि सि ले ५७ जना बिरामीको भिडियो एक्सरे गरिएको जानकारी दिए।

टीम गठन गरेका दुवै संस्थाले डा गोविन्द केसीको सदिक्षा अनुसार आफूहरु फिल्डमा पुगेर बाढी पिडीतको स्वास्थ्य परीक्षण गरेको बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *