झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा
सोलुखुम्बु, १ भदौ । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ ।
एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रहेको विद्यालयमा बिदा दिइएको शिक्षक भेषनाथ बनले जानकारी दिए ।
ज्वरो आउने, टाउको दुख्ने र झाडापखाला लाग्ने समस्या बढ्दै महामारीको रुप लिन थालेपछि जिल्ला अस्पताल फाप्लुबाट खटिएको डा राजेन्द्र बस्नेत नेतृत्वको टोलीले हिजो साँझ त्यहाँ पुगेर उपचार शुरु गरेको छ ।
डाक्टर बस्नेतका अनुसार खानेपानीका कारण समस्या बढेको पाइएको छ । सबैमा एकैप्रकारको समस्या देखिएको र औषधिले काम गर्न थालेकाले केही दिनमा रोग नियन्त्रणमा आउने समेत डाक्टर बस्नेतले बताए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



