चिनियाँ उपप्रधानमन्त्री वाङ्ग याङ्गद्वारा आयुर्वेदिक अनुसन्धान केन्द्रको अवलोकन


काठमाडौ, ३२साउन  । चिनियाँ उपप्रधानमन्त्री वाङ्ग याङ्ग लगायतको टोलीले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेको छ ।
सो अवसरमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, स्वास्थ्य सचिव डा. किरण रेग्मी, स्वास्थ्य मन्त्रालय अन्र्तराष्ट्रिय महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनिया लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
चिनिया उपप्रधानमन्त्री वाङ्ग याङ्गले आयुर्वेद केन्द्रको अनुसन्धानको क्षेत्रमा सहकार्य आवश्यक रहेको औल्याउदै प्राविधिक सहकार्यको मोडालिटी तथा भविष्यमा गर्नपर्ने कार्ययोजना सहित नेपाली पक्षबाट आएका विषयलाई चिन सरकारले सहयोग गर्ने बताए । सो क्रममा आयुर्वेदिक अनुसन्धानको लागि निकट भविष्यमानै कार्यदल बनाएर अगाडी बढ्ने विषयमा पनि छलफल भएको थियो ।
सो कार्यक्रममा स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले सातवटै प्रदेशमा जडिबुटी उद्यान सहितको अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने बताए । उनलेे मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा आयुर्वेदको विकासलाई पनि संघीय अनुसार विस्तार गर्नुपर्नेमा जोड दिए । नेपालको आयुर्वेद चिकित्सा पद्धति र चिनको आयुवेदिक पद्धतिमा केही सैद्धान्तिक फरक रहेपनि आयुर्वेदका धेरै आयामहरु मिल्ने बताए ।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा पद्धतिलाई स्तापित गर्नुपर्नेमा समेत जोड दिए ।
रेग्मीले अनुसन्धान केन्द्र तथा समस्त स्वास्थ्य क्षेत्रको बारेमा प्रस्तुति गरेका थिए ।

चिनियाँ उपप्रधानमन्त्री वाङ्ग याङ्गले आयुर्वेदीक अनुसन्धान केन्द्रको अवलोकन
काठमाडौ, साउन ३२ गते । चिनियाँ उपप्रधानमन्त्री वाङ्ग याङ्ग लगायतको टोलीले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेको छ ।
सो अवसरमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, स्वास्थ्य सचिव डा. किरण रेग्मी, स्वास्थ्य मन्त्रालय अन्र्तराष्ट्रिय महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनिया लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
चिनिया उपप्रधानमन्त्री वाङ्ग याङ्गले आयुर्वेद केन्द्रको अनुसन्धानको क्षेत्रमा सहकार्य आवश्यक रहेको औल्याउदै प्राविधिक सहकार्यको मोडालिटी तथा भविष्यमा गर्नपर्ने कार्ययोजना सहित नेपाली पक्षबाट आएका विषयलाई चिन सरकारले सहयोग गर्ने बताउनुभयो । सो क्रममा आयुर्वेदिक अनुसन्धानको लागि निकट भविष्यमानै कार्यदल बनाएर अगाडी बढ्ने विषयमा पनि छलफल भएको थियो ।
सो कार्यक्रममा स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले सातवटै प्रदेशमा जडिबुटी उद्यान सहितको अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको थियो । उहाँले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा आयुर्वेदको विकासलाई पनि संघीय अनुसार विस्तार गर्नुपर्ने बताउनुभयो । नेपालको आयुर्वेद चिकित्सा पद्धति र चिनको आयुवेदिक पद्धतिमा केही सैद्धान्तिक फरक रहेपनि आयुर्वेदका धेरै आयामहरु मिल्ने बताउनुभयो । मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा पद्धतिलाई स्तापित गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।
रेग्मीले अनुसन्धान केन्द्र तथा समस्त स्वास्थ्य क्षेत्रको बारेमा प्रस्तुति गर्नभएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *