स्वयंसेवी रक्तदाता समाजको ३० नं वडा समिति अधिवेशन सम्पन्न
काठमाडौँ, २९ साउन । नेपाल स्वयंसेवी रक्तदाता समाजको ३० वडा नगर समितिको पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
मैतिदेवीस्थित अल्बर्ट इङलिस बोर्डिङ स्कुलमा भएको अधिवेशनले राधा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सपना ताम्राकार उदास सचिव श्याम मुनिकार र कोषाध्यक्षमा रूपा शाही बास्तोला छन् ।
सदस्यहरूमा क्रमशः सुजिता अधिकारी, कृष्ण देवी शाही, राधेश्याम मिश्र, युनिश कार्की र रञ्जना घिमिरे रहेका छन् ।
नव निर्वाचित कमिटीलाई नेपाल स्वयंसेवी रक्तदात समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको आज्ञाले नेस्वरस महालक्ष्मी नगरपालिकाका अध्यक्ष बिजय कुमार महर्जनले सपथ ग्रहण गराएका थिए ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैकका निर्देशक डा मनिता राजकर्णिकार प्रमुख अथिति थिइन । सो अवसरमा निर्देशक डा राजकर्णिकारले सर्वाधिक रक्तदान गर्न सफल स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई दोसल्ला तथा सम्मनपत्रद्धारा विभुसित गरेकी थिइन ।
त्यसैगरि ५९ पटक रक्तदान गरेका स्वयंसेवी रक्तदाता श्री बिष्णु बहादुर श्रेष्ठलाई पनि दोशल्ला ओढाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]