नेपाल चिकित्सक संघद्धारा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

0
Shares

काठमाडौँ, २७ साउन । डा गोविन्द केसीको माग पुरा गर्न दवाव दिन भन्दै नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले केही बेर अघि विज्ञप्ती जारी गर्दै बन्द गर्ने निर्णय आजैका मिति देखि लागू हुने समेत जनाएको छ ।

डा केसीको ११ औं आमरण अनसनको १९ दिन भईसक्दा समेत माग पुरा नभएको भन्दै थप दवावका लागि यस्तो निर्णय लिइएको संघले जनाएको छ ।

विज्ञप्तीमा चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन गठित कार्यदलले विवादास्पक निर्णय गरी संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको पूर्ण बैठकमा पेश गरेको भन्दै संघले उक्त निर्णय अविलम्ब फिर्ता लिन समेत माग गरेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *