रामपुर नगरप्रमुख थापाद्धारा ब्लड क्यान्सर कोषका लागि सहयोग

0
Shares

पाल्पा, २७ साउन । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले आशिष बालउत्थान ब्लड क्यान्सर कोष स्थापनाका लागि रु एक लाख सहयोगको घोषणा गरेका छन् ।

झण्डै डेढ महिनाअगाडि रामपुर नगरपालिका–५ बेझाड बजार बस्ने ७ वर्षीय बालक आशिष श्रेष्ठको ब्लड क्यान्सर रोगका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको सम्झनामा नगर प्रमुख थापाले कोष स्थापनाका लागि व्यक्तिगत रुपमा रु एक लाख दिने बिहीबार घोषणा गरेका हुन् ।

सो कोष रामपुर अस्पतालको मातहतमा राखेर गरिब तथा असहाय बालबालिकाका लागि उपचारमा सहयोग गरिने प्रमुख थापाले बताए । आर्थिक अभावमा कोही पनि बालबालिका उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सो कोष स्थापना गरेको थापाले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *