स्वास्थ्य मन्त्री पोखरेल र अमेरिकी कार्यावाहक राजदुतबीच भेटवार्ता

100
Shares

काठमाडौँ, २३ साउन ।स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल र नेपालका लागी अमेरिकाका कार्यावाहक राजुदत मिचेल गोन्जालेस बिच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री पोखरेलले भुकम्पको बेला अमेरिकाले नेपाललाई गरेको सहयोगको सराहाना गरेका थिए । उनले मलेरिया उन्मुलन कार्यक्रम दाङ्गबाट शुरु गर्दा पनि अमेरिकी नियोगको सहयोग रहेको भन्दै खुलेर प्रशंसा गरे ।

सो अवसरमा मन्त्री पोखरेलले स्वास्थ्यका धेरैं अधिकार स्थानीय निकायमा गएकोले अमेरिकासंग थप सहयोगको अपेक्षा रहेको समेत जानकारी गराए । भेटका क्रममा युएसएआईडीले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोग बारे पनि छलफल भएको थियो ।

मन्त्री पोखरेलका स्वकीय सचिव सुदर्शन पराजुलीका अनुसार मन्त्री पोखरेलसंगको भेटवार्तामा नेपालका लागि अमेरिकी कार्यवाहक राजदुत मिचेल गोन्जालेसले अमेरिकाले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोग थप छलफल गरी बढाउन सकिने धारणा समेत राखेका थिए ।

उनले स्वास्थ्य क्षेत्रको विकासको निम्ती अमेरिकाले थप सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरेका थिए । गोन्जालेसले अमेरिकी नियोगले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगको सही सदुपयोग गर्न समेत आग्रह गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *