डा. बाबुराम भट्टराईको प्रोष्टेटको शल्यक्रिया आज
काठमाडौँ, २० साउन । लामो समय देखि पिसाव सम्वन्धी समस्या खेपेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको आज प्रोष्टेटको शल्यक्रिया हुने भएको छ ।
भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा डा राजेश बर्माको टोलीले अपरान्ह ४ बजे शल्यक्रिया गर्न लागेको पारिवारिक स्रोतले बतायो ।
पुरुष जनेन्द्रीय प्रणालीको एउटा महत्वपूर्ण भाग प्रोष्टेट ग्रन्थी मांसपेशी कोष र तन्तुहरुले बनेको हुन्छ ।
प्रोष्टेट ग्रन्थी बढेका कारण भट्टराईले एक बर्ष अघि देखि औषधि लिदै आएका थिए । निरन्तर औषधिको सेवनले पनि नघटेपछि शल्यक्रिया गर्न लागिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



