दीर्घरोगीलाई आर्थिक सहयोग

0
Shares

कञ्चनपुर, १८ साउन । शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनले यहाँका दीर्घरोगीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

आर्थिक अभावका कारण उपचारबाट वञ्चित दीर्घरोगीलाई सामुदायिक वनले रु १५ हजारदेखि रु २० हजारका दरले आर्थिक सहयोग गरेको हो । मुटु, क्यान्सर, मिर्गौलासम्बन्धी रोगका बिरामीलाई रु तीन लाखभन्दा बढी आर्थिक सहयोग गरेको सो सामुदायिक वनका अध्यक्ष करनसिंह ऐरले बताए ।

सामुदायिक वनले घाँस, दाउरा, काठ बिक्रीबापतको रकमबाट उपचार गराउनबाट वञ्चित विपन्नलाई सहयोग गर्दै आएको छ । सामुदायिक वन उपभोक्ता समूहको निर्णयअनुसार सहयोग उपलब्ध गराउँदै आएको ऐरले बताए । गत वर्ष वनले सातजना दीर्घरोगीलाई आर्थिक सहयोग गरेको थियो । विसं २०५४ मा स्थापना भएको उक्त सामुदायिक वनमा ७०० भन्दा बढी उपभोक्ता आश्रित छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *