विषालु सर्पको टोकाइबाट एकको मृत्यु

लहान, १८ साउन । विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा हिजो साँझ एक जनाको मृत्यु भएको छ ।
लहान नगरपालिका १० गुदीगाउँ निवासी ४८ वर्षीय श्रीचन पासवान आफ्नै घरमा सुतिरहेका बेला अचानक विषालु सर्पले डसेर सिकिस्त भएपछि उपचारका लागि आफन्तले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएका थिए । उपचारकै क्रममा उनकोे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



