पथरी अस्पतालको नयाँ भवनबाट सेवा

0
Shares

मोरङ, १० साउन । पथरीशनिश्चरे – १ स्थित पथरी बजारमा स्थापित पथरी हस्पिटलले चार वर्षमा नयाँ भवन बनाई आफ्नो सेवा सुरु गरेको छ ।

सो हस्पिटलले शुक्रबार सांसद चण्डीप्रसाद राई, पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राई र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत हरि खत्रीले भवनको उद्घाटन गर्दै हस्पिटलले प्रभावकारी उपचारका साथै विपन्नलाई निःशुल्क हिस्सा बढाउन सुझाव दिए । पहिले भाडाको भवनमा हस्पिटल सञ्चालन गरिएको थियो ।

विसं २०७० मा स्थापित सो हस्पिटलले स्थानीयवासीको साथ र समर्थनसहित नर्सिङ कलेजसमेत सञ्चालनको योजना ल्याएको हस्पिटलका अध्यक्ष देवीप्रसाद रिजालले बताए । रु १० करोडको लागतमा आठ लगानीकर्ताबाट जग्गासहित नयाँ भवन तयार पारेको हस्पिटलले नगर र आसपासका क्षेत्रका लागि थप प्रभावकारी सेवा दिँदै जाने प्रतिबद्धता जनाएको छ । पन्ध्र शय्याको सो हस्पिटल २५ शैया सञ्चालनका लागि प्रक्रियामा रहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *