महिला स्वास्थ्य स्वयंसेविकालाई सांसद ज्यूको साइकल उपहार

188
Shares

कञ्चनपुर, ९ साउन । कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार साइकल वितरण गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको रु तीन लाख ५० हजार रकम खर्च गरी साइकल वितरण गरेका हुन् । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गतका ३९ र रौतेली बिचवा स्वास्थ्य चौकीअन्तर्गतका १० गरी ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य जनक धामीले बताए ।

“गत आर्थिक वर्षको परिषद्मा वडा भेलामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने माग आए पनि बेलडाँडी गाउँपालिकाको बजेटले नभ्याएपछि उक्त मागलाई सांसद विकास कोषमा पठाएबमोजिम साइकल वितरण गरिएको सांसद बिष्टले बताए । साइकल पाएपछि कार्य गर्न निकै हौसला थपिएको स्वयंसेविकाले बताएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *