सांसद लम्सालको पहलमा एम्बुलेन्स सेवा

0
Shares


पर्वत, ७ साउन । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ ।

पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत रकम उपलब्ध गराएपछि एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो । उक्त एम्बुलेन्स खरिद प्रक्रिया पूरा गरिसकिएको र अब केही दिनमै सञ्चालनमा ल्याउने तयारी भएको सांसद लम्सालले जानकारी दिए ।

एम्बुलेन्स सेवा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएको ठूलीपोखरीलगायत आसपासका साविकका गाविस खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवालगायतका बासिन्दा बढी मात्रामा लाभान्वित हुने भएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सबैखाले उपचार सेवा नहुँदा सिफारिस गरी पठाउनुपर्ने बिरामीले सास्ती खेप्दै आएका थिए । अब भने गाउँलेले प्रत्यक्षरुपमा सेवा पाउने र सिफारिस गरी पठाउनुपर्ने बिरामीलाई पनि सदरमुकाम कुश्माबजार र पोखरा काठमाडाँै पु¥याउन सहज हुने ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष कुमार सुवेदीले जानकारी दिए ।

नागरिकका लागि स्वास्थ्य सेवा सबैभन्दा संवेदनशील विषय भएकाले एम्बुलेन्सलगायत अन्य अत्यावश्यकीय सेवा उपलब्ध गराउन आफू निरन्तर क्रियाशील रहेको सांसद लम्सालले बताए ।

जिल्लाका सबै वडा तथा गाउँमा सडक सुविधा पुगेको भए पनि नियमित यातायातका सवारीसाधन नचल्दा एम्बुलेन्स सेवाको चर्को आवश्यकता खड्किएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *