गोसाइँकुण्ड धार्मिक मार्गमा स्वास्थ्य शिविर हुने

96
Shares

रसुवा, ५ साउन । गोसाइँकुण्ड स्नान गर्न जाने भक्तजनका लागि प्राथमिक उपचार सेवा पु¥याउन धार्मिक मार्गका उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन गराउने तय भएको छ ।

सांसद छोवाङ तेन्जिङ तामाङको प्रमुख आतिथ्य र प्रजिअ एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक चोमेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न गोसाइँकुण्ड मेला व्यवसाय समितिको पहिलो बैठकले गोसाइँकुण्ड, गणेश गौडा, लौरीविनायक र चोलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए ।

हिमालय उद्धार संघले गोसाइँकुण्डमा र नेपाली सेनाको कालिजङ्ग गणले चोलाङपाटीमा र अन्यलाई जिल्ला स्वास्थ्य कार्यालयले स्थान तोक्ने निर्णय भएको बताइएको छ ।

साउन १३ गते सम्पन्न हुने जनैपूर्णिमा मेलाको व्यवस्थापन मर्यादित बनाउन विभिन्न सातवटा उपसमिति समेत गठन भएको अध्यक्ष डिएमले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *