स्याङ्जामा सहकारीद्वारा एम्बुलेन्स सञ्चालन

0
Shares

वालिङ, ४ साउन । स्याङ्जाको वालिङ–१३ झोलुङ्गेमा रहेको हिमाल बचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सञ्चालन गरेको छ ।

चार वर्ष अगाडि स्थापना भएको सहकारीले साउन १ गतेदेखि सुविधासम्पन्न एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । रु २५ लाख मूल्यको उक्त एम्बुलेन्सलाई नेपाल सरकारले शतप्रतिशत राजस्व छुट गर्दा रु नौ लाख ५० हजार लागेको छ ।

“सहकारीबाट अपाङ्ग, असहाय, अतिविपन्न तथा संस्थाका शेयर सदस्यलाई एम्बुलेन्स भाडामा १० प्रतिशत छुटको व्यवस्था मिलाएका छौँ”, सहकारीका अध्यक्ष विष्णुप्रसाद गैह्रेले भने, “अब संंस्थाको कार्यक्षेत्र भित्रका जो कोहीले पनि सेवा लिन सक्नेछन् ।”

सहकारीको कार्यक्षेत्र ग्रामीण इलाकामा पर्ने भएकाले पनि आवश्यक परेका बेला एम्बुलेन्स सेवा प्राप्त गर्न कठिनाइ तथा चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेकोमा अब समस्या हटेर जाने विश्वास सहकारीले लिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *