ज्वरो र टाइफाइडका बिरामी बढे

0
Shares

 

दमौली, ३ साउन । केही दिनयतादेखि तनहुँको  दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।

ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको दमौली अस्पतालका डा सिर्जना शर्माले जानकारी दिइन्।

एकसय छ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको दाबी उनले गरिन् । जटिल किसिमका विरामीलाई पोखरा सिफारिस गरी पठाउने गरिएको डा शर्माले बताए । दैनिक ७–८ जना बिरामी उपचारका लागि आउने गरेका छन्  ।

यसअघि ४– ५  जना बिरामी उपचारका लागि मुस्किललेआउँथे । बिरामीलाई खानपिन, व्यायाम र सरसफाइमा ध्यान दिन सल्लाह दिँदै आएको अस्पतालका चिकित्सक बताउँछन् । व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “ज्वरो र टाइफाइडका बिरामी बढे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *