अर्थ अभावले मिर्गौला प्रत्यारोपणमा समस्या

0
Shares

काठमाडौँ, २३ असार । झापा शिवगञ्ज पाँचगाछीकी दुरामती राजवंशीलाई अर्थ अभावमा मिर्गौला प्रत्यारोपण गर्नमा समस्या परेको छ ।

उनको दुवै मिर्गौला खराब भएको छ । उनका छोरा विश्वनाथले आमालाई मिर्गौला दिने भने तापनि प्रत्यारोषण गर्नका लागि रकम अभाव नै तगारो बनेको छ । उनले मानव अङ्ग प्रत्यापरोण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गर्नका लागि रु पाँचदेखि छ लाख चाहिने भए पनि आफूसँग त्यति धेरै रुपैयाँ नभएको बताए ।

तीन महिनादेखि बिरामी रहेका दुरामतीको उपचार गाउँघरबाट ऋण सापट लिएर भइरहेको छ । अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइरहनुभएका दुरामतीको दुई वटै मिर्गौला खराब भएकाले प्रत्यारोपण गराउनुपर्ने चिकित्सक डा नवीन भट्टले बताए । उनका अनुसार अहिले दुरामतीले डाइलोसिस गराइरहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *