अर्थ अभावले मिर्गौला प्रत्यारोपणमा समस्या

काठमाडौँ, २३ असार । झापा शिवगञ्ज पाँचगाछीकी दुरामती राजवंशीलाई अर्थ अभावमा मिर्गौला प्रत्यारोपण गर्नमा समस्या परेको छ ।

उनको दुवै मिर्गौला खराब भएको छ । उनका छोरा विश्वनाथले आमालाई मिर्गौला दिने भने तापनि प्रत्यारोषण गर्नका लागि रकम अभाव नै तगारो बनेको छ । उनले मानव अङ्ग प्रत्यापरोण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गर्नका लागि रु पाँचदेखि छ लाख चाहिने भए पनि आफूसँग त्यति धेरै रुपैयाँ नभएको बताए ।

तीन महिनादेखि बिरामी रहेका दुरामतीको उपचार गाउँघरबाट ऋण सापट लिएर भइरहेको छ । अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइरहनुभएका दुरामतीको दुई वटै मिर्गौला खराब भएकाले प्रत्यारोपण गराउनुपर्ने चिकित्सक डा नवीन भट्टले बताए । उनका अनुसार अहिले दुरामतीले डाइलोसिस गराइरहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *