स्वास्थ्य मन्त्रीको रुपमा दोहोरिने इच्छा छ : गगन थापा

552
Shares

काठमाडौँ, २१ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य मन्त्रीको रुपमा आफूलाई नयाँ सरकारमा दोहोरिने इच्छा रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज आयोजित विदाई पत्रकार सम्मेलनमा मन्त्री थापाले नयाँ बन्ने सरकारमा पुन दोहोरिन चाहेको बताएका हुन् ।

यद्धपी मन्त्रालय बाँडफाँड र पार्टीका अरु सदस्यलाई समेटने निर्णय पार्टी नेतृत्वले गर्ने भएको भन्दै त्यसमा आफ्नो चाहनाले मात्रै नहुने स्पष्ट पारेका छन् ।

‘मैले साढे नौ महिनाको अवधीमा स्वास्थ्यमा धेरै काम गर्न सकिने रहेछ भन्ने थाह पाएँ । धेरै काम सुरुवात गरेँ पनि । र म आएँ भने अझैँ धेरै गर्नु सक्छु भन्ने विश्वास पनि छ । त्यसैले स्वास्थ्य मन्त्रीको रुपमा दोहोरिने इच्छा । तर इच्छा भएर मात्रै हुन्छ भन्ने पनि छैन,’ उनले भने ।

कार्यक्रममा संगै रहेका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले मन्त्री थापा नयाँ सरकारमा पनि स्वास्थ्यमन्त्रीको रुपमा दोहोरिने ठोकुवा गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *