स्मार्ट फोन र ट्यावलेट खेलाउने बच्चाको विकासमा यस्तो असर ?

लण्डन, १९ जेठ । बच्चालाई फकाउन तथा खुसी बनाउन दिइने आधुनिक खेलौनाले उनीहरूको दिमागमा असर पु¥याउने एक अध्ययनले पत्ता लगाएको छ ।

आधुनिक उपकरणसँगै मानिसको आधुनिक जीवनशैलीले पनि बच्चालाई नराम्रो असर पु¥याइरहेको सो अध्ययनको दाबी छ । लन्डनको ह्वाट अबाउट द चिल्ड्रेन भन्ने संस्थाले आधुनिक जीवनशैलीले बच्चाको विकासमा पार्ने असरका सम्बन्धमा अध्ययन गरेको थियो ।

संस्थाले बच्चालाई कुर्सीमा राखेर त्यसमा छेकबार लगाउने अनि स्मार्टफोन या ट्याब्लेट खेलाउन दिनु सबैभन्दा ठूलो खतरा भएको औँल्याएको छ । यसो गर्दा बच्चाको जीवनमा नै नराम्रो असर पर्ने संस्थाको दाबी छ ।

सानो उमेरका बच्चाहरू अभिभावकसँग खेल्न र बस्न रुचाउने अध्ययनले बताएको छ । अभिभावक र बच्चा सँगसँगै बसेर खेल्दा उनीहरूको दिमागको सही विकास हुन्छ । साथै, यस्तो कार्यले उनीहरूलाई खुसी बनाउन मद्दत गर्छ । तर, हामी भने उनीहरूसँग खेल्न छोडी स्मार्टफोन दिएर भुलाउने प्रयास गर्छौं ।

संस्थाका अनुसार बच्चा तीन वर्षको हुँदा भावनात्मक, शारीरिक र मानसिक रूपमा जस्तो प्रकारको प्रभाव पर्छ, भविष्यमा त्यहीअनुसारको बानीबेहोराको विकास हुन्छ । यही समयमा बच्चा र अभिभावकबीच हुने कुराकानीले बच्चालाई सामाजिक जीवन जिउन सिकाउँछ । तर, यो समयमा बच्चालाई आधुनिक सामग्री दिएर अलमल्याउँदा उसको दिमागी विकासमा सहयोगी हुन सक्दैन ।

यस विषयमा न्युरो फिजियोलोजिकल साइकोलोजी संस्थाका निर्देशक सैली गोडाड विल्थका अनुसार बच्चालाई सामाजिक कुराकानी सिकाउँदा उसकोे शारीरिक विकासमा पनि असर गर्छ । उनी भन्छन्, ‘यो समयमा आँखाका माध्यमबाट जब तपाईं बच्चासँग कुरा गर्नुहुन्छ, गीत गाउनुहुन्छ, नाच्नुहुन्छ, यी सबैले बच्चाको सामाजिक विकासमा सकारात्मक असर पार्छ ।’

सैलीका अनुसार नवजात शिशुलाई नयाँ चिज जान्न मौका चाहिन्छ । त्यसैले उसको समग्र विकासमा ध्यान दिनुपर्छ । त्यसको सही सदुपयोग अभिभावकबाट नै गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *