खोटाङ सेवा समाज कतारले दियो एम्बुलेन्स

0
Shares

खोटाङ, ६ जेठ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ । खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको हो ।

अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकटका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रवासबाट एम्बुलेन्स प्रदान गरिएको समाजका सचिव पर्शुराम श्रेष्ठले बताए । कतार, मलेसिया, साउदी अरब, दक्ष्णि कोरियालगायत देशमा कार्यरत युवाबाट सङ्कलित रु १८ लाख एम्बुलेन्स खरिद गरिएको हो ।

खोटाङ सेवा समाजले शुक्रबार खोटाङ एकता सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *