खोटाङ सेवा समाज कतारले दियो एम्बुलेन्स

खोटाङ, ६ जेठ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ । खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको हो ।

अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकटका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रवासबाट एम्बुलेन्स प्रदान गरिएको समाजका सचिव पर्शुराम श्रेष्ठले बताए । कतार, मलेसिया, साउदी अरब, दक्ष्णि कोरियालगायत देशमा कार्यरत युवाबाट सङ्कलित रु १८ लाख एम्बुलेन्स खरिद गरिएको हो ।

खोटाङ सेवा समाजले शुक्रबार खोटाङ एकता सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *