हैजाको महामारी फैलिएपछि यमनमा सङ्कटकालको घोषणा

0
Shares

साना (यमन)२ जेठ । सिते विद्रोहीहरुको बलियो प्रभाव रहेको यमनी राजधानी सानामा हैजाको भीषण प्रकोप सुरु भएपछि राज्य सङ्कटकालको घोषणा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

हैजाको प्रकोप भीषण रुपमा फैलिन थालेपछि सो कदम चालिएको अधिकारीहरुले जनाएका छन् । हुथी विद्रोही समूहद्धारा सञ्चालित स्वास्थ्य मन्त्रीले यस प्रकोप अनियन्त्रित भएको अन्तर्राष्ट्रिय मानवीय सहयोगको लागि अपिल गरिएको जानकारी दिएका छन्।

‘इन्टर नेसनल कमिति अफ द रेड क्रस’का अनुसार गत अप्रिल २७ बाट शनिबारसम्म यस हैजाको कारण ११५ व्यक्तिको मृत्यु भईसकेको छ ।

यस प्रकोपको कारण ८ हजार ५ सय विरामी परेका छन् । अरब विश्वको यस गरिब राष्ट्रमा एक बर्ष भन्दा कम समयमा दोस्रो पटक हैजाको प्रकोप सुरु भएको बताइएको छ । रासस /एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *