चिकँमुगमा ५० जनाले गरे रक्तदात

काठमाडौँ, १० बैशाख । नेपाल स्वयंसेवी रक्तदाता समाज २० नम्बर वडा नगर समितिले चिकँमुगले शनिबार बृहत रक्तदान तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।
रगतको अभाव न्युनिकरण गर्ने उदेश्यले आयोजित कार्यक्रममा २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित सचिव राजेश मानन्धरले रगतको महत्वबारे बोलेका थिए ।
समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले रक्तदान कार्यमा सक्रिय नगर समितिका पदाधिकारी तथा रक्तदाताको सराहाना गर्दै भविस्यमा पनि यस्ता कार्यमा सक्रियताका साथ लाग्न आग्रह गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



