चिकँमुगमा ५० जनाले गरे रक्तदात

काठमाडौँ, १० बैशाख । नेपाल स्वयंसेवी रक्तदाता समाज २० नम्बर वडा नगर समितिले चिकँमुगले शनिबार बृहत रक्तदान तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।

रगतको अभाव न्युनिकरण गर्ने उदेश्यले आयोजित कार्यक्रममा २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित सचिव राजेश मानन्धरले रगतको महत्वबारे बोलेका थिए ।

समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले रक्तदान कार्यमा सक्रिय नगर समितिका पदाधिकारी तथा रक्तदाताको सराहाना गर्दै भविस्यमा पनि यस्ता कार्यमा सक्रियताका साथ लाग्न आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *