पाल्पाका मिर्गौलापीडित सेनलाई कोरियाबाट आर्थिक सहयोग

112
Shares

पाल्पा, ७ चैत । दुवै मिर्गौला फेल भएका रामपुर नगरपालिका डाब्रा पाल्पाका रेमबहादुर सेनको उपचारमा आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

दक्षिण कोरियामा गठित नमस्ते दक्षिण कोरिया पाल्पा नामक समाजका सदस्यले सेनको उपचारमा रु एक लाख ९५ हजार रकम सहयोग गरेको छ ।

नमस्ते दक्षिण कोरिया पाल्पाका संस्थापक अध्यक्ष चेतन सारुले सेनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक रकम सहयोग गरेको बताए ।

स्थानीयदेखि राष्ट्रियस्तरका विभिन्न सञ्चारमाध्यममा सेनको उपचारमा समस्या भन्ने समाचार प्रकाशन भएपछि सेनको उपचारमा सो संस्थाले आर्थिक रकम सहयोग गरेको हो । आर्थिक रकम सहयोग प्राप्त भएपछि पीडित सेनले खुसी व्यक्त गर्दै सो संस्थालाई धन्यवाद दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *