चितवन मेडिकल कलेजका अध्यक्ष डा. न्यौपाने माथि आक्रमण गर्ने पक्राउ

0
Shares
आक्रमणमा फोडिएको डा. न्यौपानेको गाडी

चितवन, २० फागुन । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा हरिश्चन्द्र न्यौपानेमाथि आक्रमण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

गत माघ ११ गते भएको सो घटनामा संलग्न भई फरार हुँदै आएका अभियुक्त चित्रवन नगरपालिका–३ चितवन बस्ने २४ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

कलेज परिसरमा डा न्यौपाने चढेको बा १४ च ७५६४ नंको गाडीमा आक्रमण गर्दा गाडीको सिसा फुटेपनि डा न्यौपाने सकुशल थिए । खोतजलासका क्रममा बुधबार पक्राउ परेका उनलाई बिहीबार जिल्ला अदालत चितवनबाट ज्यान मार्ने उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *