बीरको आईसीयु पुर्नर्निमाणको लागि पाइलट बाबाले दिए १ करोड
काठमाडौँ, १८ फागुन । भारतीय धर्मगुरु पाईलट बाबाले बीर अस्पतालको आइसीयु पुनर्निमाणको लागि एक करोड रुपैयाँ सहयोग गरेका छन् । उनले गतवर्ष पनि सोही प्रयोजनका लागि एक करोड रुपैयाँ उपलव्ध गराएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह आयोजित एक समारोहका बीच पाइलट बाबाले सहयोग रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्री प्रचण्डले सो रकम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा गणेश गुरुङलाई हस्तान्तरण गरेका थिए ।
बीरका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार नेपालमै दिक्षित पाईलट बाबाले अघिल्लो बर्ष गएको भूकम्पले बीरको आईसीयु भत्किएको थाह पाएपछि गतवर्ष नै पुर्ननिर्माणको लागि एक करोड रकम उपलव्ध गराएका थिए । सो रकमले मात्रै पुर्ननिर्माण नहुने थाह पाएपछि यसपटक फेरी करोड थपेका हुन् ।
निर्देशक बस्नेतले थप बजेटसंगै बीरमा अहिलेकै आईसियुलाई अपग्रेड गर्ने योजना रहेको बताए । उनले बीरमा अहिले सबै विभाग र वार्डमा गरि ३५ बटा आईसियु रहेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]