काठमाडौँ विश्वकै प्रदूषित सहरमध्ये तेस्रो स्थानमा

0
Shares

काठमाडौँ, ३ मंसिर । विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ तेस्रो स्थानमा परेको छ।

आज बिहानको वायु गुणस्तरसम्बन्धी तथ्यांकअनुसार काठमाडौँ विश्वका प्रमुख प्रदूषित सहरमध्ये तेस्रो स्थानमा देखिएको हो।

अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यूएयरका अनुसार बिहान ८:४५ देखि ९:४५ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई)  १८३ पुगेको थियो।

उक्त सूचीमा पाकिस्तानको लाहोर ३२५  सहित पहिलो र बंगलादेशको ढाका २५६  सहित दोस्रो स्थानमा रहेका छन्।

त्यस्तै, भारतको दिल्ली १८२  सहित चौथो स्थानमा रहेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *