स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्धारा कम्तिमा छ जना कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं, १ मंसिर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका निकायमा कार्यरत विभिन्न कर्मचारीहरुको जिम्मेवारी फेरबदल गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीलाई तनहुँस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सरुवा गरिएको छ। उनको स्थानमा वीर अस्पतालमा कार्यरत डा. श्रीराम तिवारीलाई ल्याइएको छ ।
यस्तै, मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) को प्रमुखको जिम्मेवारी डा. अमृत पोखरेलले पाएका छन्। यसअघि केन्द्रमा कार्यरत डा. हेमन्त ओझालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा गरिएको छ ।
यस्तै इडिसिडीमा रहेका डा. फणीन्द्र बराललाई कान्ति बाल अस्पतालमा पठाइएको छ।
उता परिवार कल्याण महाशाखामा कार्यरत शर्मिला दाहाललाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा पठाइएको छ भने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी कविता अर्याललाई परिवार कल्याण महाशाखामा सरुवा गरिएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



