हेल्थ फाउन्डेसन नेपाल नेतृत्वमा पुन: आए डा. पौडेल

अमेरिका, १ मंसिर । हेल्थ फाउन्डेसन नेपालको अध्यक्षमा पुन: डा. श्रीधर पौडेल निर्वाचित भएका छन् ।
अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोर सहरमा गत नोभेम्बर १३ देखि १५ सम्म भर्चुअल तथा हाइब्रिड माध्यमबाट चलेको फाउण्डेसनको १४ औँ सम्मेलनबाट डा पौडेल पुन निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको कार्यकारी निर्देशकमा प्रतीक्षा खत्री चयन भएकी छन्। यसैगरी सम्मेलनले उपाध्यक्षमा डा. सञ्जय यादव र डा. दीपेन्द्र थपलिया चयन भएका छन्।
महासचिव तथा उपनिर्देशकमा डा. नवीन भट्ट, सचिवमा प्रयास गौतम र कोषाध्यक्षमा झविन्द्र घिमिरे चयन भएका छन्।
त्यसैगरी, २० सदस्यीय सञ्चालक समितिमा डा. अशोक देवकोटा, डा. यशस्वी पोखरेल, नील धिताल, डा. रञ्जित सापकोटा, डा. विनिता शर्मा, डा. सुनील बोगटी, सावित्री बस्नेत, डा. अतीत तिवारी, सुचिता अधिकारी थापा, डा. जितेन्द्र श्रेष्ठ, डा. प्रतिभा सुवेदी, विनिता अधिकारी, डा. कुम्भराज जोशी, डा. राजेश शर्मा, डा. मनोज भट्टराई, डा. आदित्य जोशी, डा. मुकेश अधिकारी, डा. मोहित ओझा, डा. अनु अर्याल र डा. पविता ढुङ्गेल रहेका छन्।
हेल्थ फाउन्डेसन नेपाल सन् २०१३ मा स्थापना भएको गैरराजनीतिक तथा गैरनाफामूलक संस्था हो। संस्था अमेरिका र नेपाल दुवै देशमा दर्ता छ। अमेरिकामा ५०१ सी (३) अन्तर्गत गैरनाफामूलक संस्थाका रूपमा मान्यता प्राप्त यसले काठमाडौँस्थित कार्यालयमार्फत नेपालमा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले नेपालका ग्रामीण तथा सहरी क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित र आर्थिक रूपमा कमजोर समुदायलाई स्वास्थ्य सेवा पुर्याउने आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
हेल्थ फाउन्डेसन नेपाल सन् २०१३ मा स्थापना भएको गैरराजनीतिक तथा गैरनाफामूलक संस्था हो। संस्था अमेरिका र नेपाल दुवै देशमा दर्ता छ। अमेरिकामा ५०१ सी (३) अन्तर्गत गैरनाफामूलक संस्थाका रूपमा मान्यता प्राप्त यसले काठमाडौँस्थित कार्यालयमार्फत नेपालमा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाको मुख्य उद्देश्य समुदायमा आधारित संस्थालाई आर्थिक तथा प्राविधिक सहयोग गर्नु, जनस्वास्थ्यसम्बन्धी अनुसन्धान गर्नु र प्राथमिक स्वास्थ्य सेवामार्फत प्रत्यक्ष उपचार उपलब्ध गराउनु हो।
यसले मानसिक स्वास्थ्य, सुरक्षित खानेपानी, सरसफाइ, पोषण, बाल तथा मातृ स्वास्थ्य, परिवार नियोजन, किशोरकिशोरीको प्रजनन स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् र महामारीका बेला मानवीय सहयोगजस्ता क्षेत्रमा काम गर्दै आएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



