बिरामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

0
Shares

दैलेख। दैलेखको गुराँस गाउँपालिका(१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्की रहेका छन्। उनको उपचारका क्रममा बिहान ८स्५६ बजे मृत्यु भएको हो।

आज बिहान ५स्३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको क।प्र।०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा जीप चालक कालिकोट सन्नित्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन्।

त्यसैगरी सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि गम्भीर घाइते भएका छन्। उनीहरू सबैको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

दुर्घटनालगत्तै सबै घाइतेको उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *