डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

36
Shares

काठमाडौं, १६ कात्तिक । इलाममा अनसन बसिरहँदा स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसीलाई थप उपचारका लागि भन्दै काठमाडौँ ल्याइएको छ । उनलाई अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
गत १२ गते देखि अनसन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या आएपछि गत शनिबार जिल्ला अस्पताल इलाममा राखिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए।

सोही अनुसार सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएर उनलाई काठमाडौँ ल्याएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *