मधु पौडेललाई ‘बिजनेस टर्मिनोलोजी अथर अफ द इयर २०२६’ सम्मान

36
Shares

काठमाडौँ, १६ कात्तिक । सन् २०१४ मा प्रकाशित ‘अ डिक्सनरी अफ बिजनेस टर्मिनोलोजिज’ पुस्तकका लेखक मधु पौडेल ‘बिजनेस टर्मिनोलोजी अथर अफ द इयर २०२६’ बाट सम्मानित भएका छन्।

इन्फिनिटी सर्भिसेज प्रालिले आयोजना गरेको ‘ग्लोबल अथर्स अवार्ड २०२६’ अन्तर्गत पौडेललाई उक्त सम्मान प्रदान गरिएको हो।

काठमाडौँमा आज आयोजित कार्यक्रममा उनलाई साहित्यिक उपलब्धि, सिर्जनात्मक उत्कृष्टता तथा प्रकाशित कृतिमार्फत साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गरिएको हो।

व्यवसाय व्यवस्थापनसम्बन्धी शब्दावलीलाई सहज रूपमा बुझ्न र प्रयोग गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार पारिएको पौडेलको पुस्तक व्यवसाय क्षेत्रका पेशाकर्मी, विद्यार्थी तथा व्यवस्थापनमा रुचि राख्नेहरूका लागि सन्दर्भ सामग्रीका रूपमा रहेको छ।

पुस्तक प्रकाशनको एक दशकभन्दा बढी समयपछि प्राप्त यस सम्मानले आफूलाई थप उत्साहित बनाएको पौडेलले बताएका छन्। लेखनमार्फत बाँडिएको ज्ञानले दीर्घकालीन मूल्य सिर्जना गर्न सक्ने विश्वासलाई यस सम्मानले थप बल दिएको उनको भनाइ छ।

उनले लेखक र उनीहरूका कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्ने अवसर प्रदान गरेकोमा आयोजक इन्फिनिटी सर्भिसेजप्रति आभार व्यक्त गरेका छन्।

पौडेल नेपाल औषधी आयातकर्ता संघका महासचिव समेत हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *