मलेसियाको जोहोर राज्यमा बढ्यो वायु प्रदूषण

40
Shares

एजेन्सी, २२ असोज । मलेसियाको जोहोर राज्यमा वायु प्रदूषण बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ ।

पछिल्ला दिनमा राज्यका विभिन्न क्षेत्रमा धुवाँ बढ्नुका साथै वायु गुणस्तर लगातार बिग्रिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

जोहोर शिक्षा तथा सूचना समितिका अध्यक्ष मुहम्मद नकीब मोहम्मद गजालीले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा विद्यार्थीको स्वास्थ्य र सुरक्षाको संरक्षणका लागि सावधानीस्वरूप विद्यालय बन्द गरिएको बताए ।

विद्यालय बन्द हुँदा जोहोर राज्यका सबै एक हजार १९८ विद्यालय प्रभावित भएका छन् । यसबाट छ लाख १७ हजार २५८ विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ ।

जोहोरमा पछिल्ला दिनमा वायु प्रदूषण सूचकांक (एपीआई) को स्तर उच्च देखिएको छ । बिहीबार बिहान १० बजे सेगमट क्षेत्रमा एपीआई १८७ पुगेको थियो । यो अस्वास्थ्यकर वायु गुणस्तरको स्तर हो ।

राजधानी क्वालालम्पुरसहित मलेसियाका ३८ क्षेत्रमा पनि अस्वास्थ्यकर एपीआई स्तर रेकर्ड गरिएको छ ।

बढ्दो धुवाँ र प्रदूषणका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जोहोरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *