स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशक परिवर्तन
काठमाडौँ, ७ असोज । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशक परिवर्तन गरिएको छ । स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय सो महाशाखाकी निर्देशक हिराकुमारी निरौलालाई वीर अस्पताल सरुवा गरेकी छन् ।
महाशाखाको निर्देशकको जिम्मेवारी भने शहीद शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत बन्दना थापालाई दिएकी छन् । उनीहरु दुवैजना एघारौँ तहका नर्सिङ अधिकृत हुन् ।
मन्त्री मेहताले सोही दिन विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा डा कृष्णप्रसाद पौडेललाई पठाएकी थिईन् । उनले मंगलबारबाट नै जिम्मेवारी सम्हाली सकेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



