भोटेकोशी बाढी प्रभावितको स्वास्थ्य जोखिमलाई लिएर संसदीय समितिले सरकारलाई दियो आठ बुँदे निर्देशन

काठमाडौँ, २६ भदौ । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावितका लागि स्वास्थ्य सेवामा देखिएका कमीकमजोरी पहिचान गरी सुधार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई आठ बुँदे निर्देशन दिएको छ ।
समितिका सभापति डा ओजश्वी शेरचनको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । त्यसअघि समितिका सदस्यहरुको प्रश्नको जवाफ दिन स्वास्थ्य मन्त्री निशा मेहता, सचिव डा विकास देवकोटा, सह प्रवक्ता डा समिरकुमार अधिकारी लगायतका प्रतिनिधि बैठकमा उपस्थित थिए ।
उनीहरुले बाढी प्रभावितका लागि सरकारको तर्फबाट स्वास्थ्य सम्बन्धी काम र त्यसको प्रभावकारिताका सम्वन्धमा प्रश्नहरु राखेका थिए । त्यसमा मन्त्री मेहता र सचिव डा देवकोटाले जवाफ दिएका थिए ।
जवाफ सुनिसकेपछि सभापति शेरचनले आठ बुँदे निर्देशन दिने प्रस्ताव पढेर सुनाएकी थिईन् । उनको प्रस्तावलाई समिति सदस्यहरुले सर्वसम्मत पारित गरेका थिए ।
यस्ता छन् समितिबाट स्वास्थ्यलाई दिइएको आठ बुँदे निर्देशन
१. घुम्ती स्वास्थ्य सेवा संचालन गर्ने सम्बन्धमा : होल्डिङ सेन्टरमा रहेका दिर्घ रोगी जेष्ठ नागरिक महिला तथा बालबालिकालाई घुम्ती स्वास्थ्य सेवा टोली मार्फत सेवा भइरहेको छ। यसलाई अझ प्रभावकारी बनाउन प्रारम्भिक स्क्रिनिङ, जोखिमका आधारमा प्राथमिकता निर्धारण, नियमित औषधि सहित आवश्यकता औषधिको तथा औषधिको निरन्तर आपूर्ति तथा जटिल बिरामीको समयमै रेफरल र फलोअप सुनिश्चित गर्नुपर्नेछ।
२.औषधि तथा स्वास्थ्य सामग्रीको प्रबन्ध गर्ने सम्बन्धमा : सम्भावित प्रकोपका ध्यानमा राखी जीवनजल ओआरएस पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पीपीई आवश्यक औषधि तथा अन्य स्वास्थ्य सामग्रीको पूर्ण भण्डारण गर्नुपर्नेछ।
३. खानेपानी, सरसफाइ, स्वच्छता, खाद्य सुरक्षा तथा वातावरणीय स्वास्थ्य सम्बन्धमा: सुरक्षित र स्वस्थ खानेपानी, हात धुने व्यवस्था, सुरक्षित तथा पोषिलो भोजन, शौचालय, सरसफाइ तथा उचित फोहोर व्यवस्थापन सुनिश्चित गर्ने। यसका लागि जनस्वास्थ्य तथा वातावरणीय स्वास्थ्य का जनशक्ति, पब्लिक हेल्थ वर्कर, इन्भाइरोमेन्ट हेल्थ वर्करलाई पनि परिचालन गर्ने र नियमित अनुगमन गर्नुपर्ने।
४. रोग निगरानी तथा प्रकोप नियन्त्रण गर्ने सम्बन्धमा: एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको
तथा महाशाखाको पूर्व सूचना, द्रुत चेतावनी र प्रतिकार्य प्रणाली, अर्थात अर्ली वार्निंग, अलर्ट एण्ड रेस्पोन्स सिस्टम मार्फत, रोगको नियमित निगरानी र शीघ्र रिपोर्टिङ सँगै, ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरी सम्भावित प्रकोपको तत्काल पहिचान, अनुसन्धान तथा नियन्त्रण गर्नुपर्ने।
५. मानसिक स्वास्थ्य सम्बन्धमा: मनोवैज्ञानिक प्राथमिक उपचार तथा मनोसामाजिक परामर्श, सबै प्रभावित क्षेत्रमा पुर्याउनका साथै प्रारम्भिक सहयोग पछि पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर, एन्जाइटी, डिप्रेसन जस्ता समस्यामा मानसिक स्वास्थ्य विशेषज्ञलाई उपचार, फलोअप र रिफरल सुनिश्चित गर्नुपर्ने।
६. रिफरल तथा समन्वय सम्बन्धमा नजिकका अस्पताल तथा एम्बुलेन्स सेवासँग स्पष्ट समन्वय गरी आकस्मिक बिरामीको समयमै उपचार सुनिश्चित गर्ने, साथै स्पष्ट जिम्मेवारीसहित स्वास्थ्य संयोजक अ टोली स्थानीय तह
स्थानीय तह, प्रदेश र हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर बीच प्रभावकारी समन्वय कायम गर्ने।
७. स्वास्थ्य संस्थाको पूर्ण स्थापना गर्ने सम्बन्धमा: क्षतिग्रस्त स्वास्थ्य वैकल्पिक सेवा व्यवस्था गर्दै प्राथमिकता निर्धारण गरी समय बृत रुपमा पुनस्स्थापना तथा पूर्ण निर्माणका कार्य अगाडि बढाउने।
८. शव व्यवस्थापन तथा पहिचान गर्ने सम्बन्धमा : मृतकहरूको सम्मानजनक व्यवस्थापन तथा पहिचान हुन बाँकी शवहरूको वैज्ञानिक अभिलेखीकरण तथा डीएनएन परीक्षण र परिवारलाई समयमै हस्तान्तरण सुनिश्चित गर्न नेपाल प्रहरी, विधि विज्ञान प्रयोगशाला, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकाय बीच प्रभावकारी प्रभावकारी समन्वय गर्ने ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



