चिकित्सक संघले सञ्चालन गरेको भोटेकोशी बाढीपीतिड राहत अभियानमा भारतीय औषधी कम्पनी युएसभीको डेढ करोड सहयोग

72
Shares

काठमाडौँ, २५ भदौ । नेपाल चिकित्सक संघले भोटेकोशी त्रिशुली बाढी प्रभावितका लागि सञ्चालन गरेको राहत अभियानमा भारतीय औषधी कम्पनी युएसभीले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बाढीबाट गम्भीर रुपमा प्रभावित विपन्न परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलव्ध गराउन युएसभीले संघलाई सो रकम हस्तान्तरण गरेको हो ।

विहीबार संघको कार्यालयमा आयोजित कार्यक्रममा युएसभीका चिफ विजनेश अफिसर महिध्वज एस सिसोडियाले अध्यक्ष डा बद्री रिजाललाई रकम सहयोग सम्वन्धी पत्र हस्तान्तरण गरेका थिए ।

युएसभीको रकमबाट एनएमएले प्रभावित क्षेत्रमा अस्थायी आवास, ओडने ओच्छ्याउने कपडा, सौर्य वत्ति, मोवाइल चार्ज गर्ने उपकरण, टेन्ट लगायतका सामग्रीहरु खरीद गरि वितरण गर्ने जनाएको छ ।

उसले यो अभियानमा प्रभावित क्षेत्रका करीव ३०० घर परिवारका १५०० व्यक्ति प्रत्यक्ष रुपमा लाभान्वित हुने अनुमान गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष डा रिजालले एनएमएको राहत अभियानमा जोडिन आई रकम सहयोग गरेकोमा युएसभी प्रति आभार प्रकट गरे ।

युएसभीका चिफ विजनेश अफिसरले नेपालको दुखमा आफूहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न खोजेको बताए । ‘हामी २०/२५ वर्ष देखि नेपालमा औषधीको कारोबार गरिरहेका छौँ । अहिले नेपालमा अप्रत्यासित रुपमा ठूलो विपत्ती आयो, यसका लागि हाम्रो कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम एनएमएमार्फत वितरण गर्ने निर्णय गरेको हो । यसले पीडित परिवारलाई थोरै सहयोग हुने विश्वास लिएको छु,’ उनले भने ।

युएसभी फार्मास्यिुटिकल्स कम्पनीले नेपालमा मुटु र मधुमेहका औषधी निर्यात गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *