पोलियो खोप दिइने

0
Shares

कलैया, २२ माघ । राष्ट्रिय पोलियो खोप अभियान कार्यक्रमअन्तर्गत बारामा ५ वर्षमुनिका एक लाख ४० हजार ६३५ बालबालिकालाई पोलियो रोगविरुद्ध खोप दिने कार्यक्रम रहेको छ ।

यही फागुन ७ र ८ गते जिल्लाका ५ वर्षमुनिका सबै कालकालिकालाई पोलियो खोप दिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताए ।

उक्त कार्यक्रमका लागि जिल्लामा ९७० वटा खोप केन्द्र र एक हजार ९४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख चौधरीले बताए ।

बाराका छ नगरपालिका र ६८ गाविस रहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *