पोलियो खोप दिइने

कलैया, २२ माघ । राष्ट्रिय पोलियो खोप अभियान कार्यक्रमअन्तर्गत बारामा ५ वर्षमुनिका एक लाख ४० हजार ६३५ बालबालिकालाई पोलियो रोगविरुद्ध खोप दिने कार्यक्रम रहेको छ ।

यही फागुन ७ र ८ गते जिल्लाका ५ वर्षमुनिका सबै कालकालिकालाई पोलियो खोप दिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताए ।

उक्त कार्यक्रमका लागि जिल्लामा ९७० वटा खोप केन्द्र र एक हजार ९४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख चौधरीले बताए ।

बाराका छ नगरपालिका र ६८ गाविस रहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *