मेडिकल उपकरण र औषधीमा सबैभन्दा ठूलो भ्रष्टाचार छ : अख्तियार प्रमुख राई

448
Shares

काठमाडौँ, ४ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले मेडिकल उपकरण र औषधीमा सबैभन्दा ठूलो भ्रष्टाचार रहेको बताएका छन् ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हेल्थ इक्वीपमेन्ट र मेडिसिनमा सबैभन्दा ठूलो भ्रष्टाचार हुँदो रहेछ । त्यसमा बढी मार्जिन पनि हुँदो रहेछ । यस बाहेक आइटीमा पनि ठूलो भ्रष्टाचार भएको पायौँ,’ उनले आफ्नो २०७७ देखि २०८२ सम्मको अवधीको अनुभव भन्दै सांसदहरुलाई भने ।

त्यसअघि सांसदहरुले राईमाथी विभिन्न भ्रष्टाचारको फाइल खोल्न र मुद्धा चलाउन अख्तियारको भूमिका सन्तोषजनक नरहेको भन्दै आरोप समेत लगाएका थिए ।

जवाफ दिने क्रममा अख्तियार प्रमुख राईले बिचौलियाहरुले समस्या पार्ने गरेको बताएका थिए ।

सांसदहरुले औषधी र मेडिकल उपकरणमा भ्रष्टाचारको कुराहरु आईरहने तर त्यसको राम्रोसंग छानविन नहुने भन्दै राईको ध्यानाकर्षण गराएका थिए । जवाफमा राईले अख्तियारले छानविन गरी मुद्धा चलाइरहेको र अदालतले आरोप पुष्टि गरेका थुप्रै उदाहरणहरु रहेको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *