मेडिकल शिक्षा अध्ययनका लागि लिइने राष्ट्रिय स्तरको प्रवेश परीक्षा 'निट'मा प्रश्नपत्र आउट प्रकरण

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

24
Shares

काठमाडौँ, ९ साउन । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। करीव अढाई महिना अघि भारतमा मेडिकल शिक्षा अध्ययनका लागि लिइने राष्ट्रिय स्तरको प्रवेश परीक्षा नेशनल इलिजिविलिट कम इन्ट्रान्स टेष्ट (निट) युजीको परीक्षामा प्रश्नपत्र आउट भएपछि उनी विवादमा परेका थिए ।

अभियन्ता सोनाम वाङचुकको अनसन साथै कक्रोज जनता पार्टी (सीजेपी)को नेतृत्वमा विद्यार्थीहरुको प्रदर्शन हुन थालेपछि दवावमा परेको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दवाव बढ्दै गएको थियो ।

गत सोमबार देखि त नयाँ दिल्लीकोको जन्तरमन्तर क्षेत्रमा आन्दोलनकारीको अखडा बनेको थियो भने संसद भवन, प्रधानमन्त्री निवास लगायतका स्थानहरुमा प्रदर्शनकारीहरु टार्गेट बनेको थियो । पछिल्लो समय भारतीय कांग्रेस लगायतका विपक्षी दलहरुले समेत सो आन्दोलनलाई समर्थन गर्दै उत्रिएका थिए ।

सिजेपीको आह्वानमा भएको प्रदर्शन दिल्लीबाट अन्य राज्यहरूमा पनि फैलिन थालेको थियो । दिल्लीमा मेट्रो तथा बसहरु बन्द भएका थिए । दैनिक जनजीवन प्रभावित भएको थियो । अवस्था बिग्रँदो क्रममा रहेपछि सरकारले वाङचुकसंग बार्ता गरी अनसन तोडाएको थियो । तर त्यसमा गरिएका कतिपय सम्झौँताले सरकारले मोदिका विश्वास पात्र प्रधानलाई विदाई गर्न बाध्य भएको हो ।

शुक्रबार मात्रै सरकारी प्रतिनिधिले सिजेपी प्रतिनिधिसँग दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा दुई घन्टा लामो वार्ता गरेको बताइएको छ ।

वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र राज्यमन्त्री जितेन्द्र सिंह सहभागी थिए भने सिजेपीबाट प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांका सहभागी थिए।

वार्तापश्चात सरकारले शिक्षामन्त्री प्रधानको राजीनामा लगायत प्रदर्शनकारीहरूले राखेको मागबारे निर्णय गर्न शनिबार दिउँसोसम्मको समय मागेका थिए।

बैठकमा सिजेपी प्रवक्ता सौरभ दासले आफ्ना ३ मुख्य माग राख्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामामा कुनै सम्झौता नहुने अडान राखेका थिए।

सीजेपीले शनिबारसम्म प्रधानले राजिनामा नदिए आफूहरु प्रधानमन्त्री मोदीको राजिनामा माग गर्दै देशव्यापी रुपमा प्रदर्शन चर्काउन बाध्यहुने बताएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *